रौतहट,०२ असोज
विश्वकर्मा पूजाको भोलिपल्ट शनिवार विभिन्न पोखरी, नहर, खोला तथा अन्य जलाशयमा लगेर मूर्ति विसर्जन गरिएको छ ।
शुक्रवार विभिन्न मेसिन, उद्योग, कलकारखानालाई विश्वकर्माको प्रतिकका रूपमा पूजा गरिएको थियो। साथै, कतिपयले विश्वकर्माको मूर्ति बनाएर पूजा गरेका थिए ।
पूजाको दिन मूर्ति घरमै राखेर भोलिपल्ट खोला नदीमा विसर्जन गर्ने चलनअनुरूप रौतहटको विभिन्न जलाशयमा मूर्ति विसर्जन गरिएको हो। हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गरिँदै आएको छ। यस दिनलाई विश्वकर्मा जयन्ती पनि भन्ने गरिन्छ । प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ। विश्वकर्माले निर्माण गरेको भेद द्वारका अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ। विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।

अघिल्लो सामग्रीसंविधान दिवसको अवसरमा ५३१ कैदीलाई माफी मिनाहा
यसपछिको सामग्रीसाझावाणी दैनिक असोज ३ गते ई-पेपर