६ असोज,रौतहट
रौतहटको बलुवा गाउँमा सवारी दुर्घटना हुदा गएराती एक जनाको मृत्यु भएको छ ।नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र मौलापुरमा करारमा कार्यरत फ्युज सेवाका कर्मचारी पप्पु पटेलको गएराती मृत्यु भएको हो । कटहरियाबाट आफनो घरतर्फ फर्किदै गरेको अवस्थामा देवाही गोनाही नगरपालिका वडा न. ६ का २५ बर्षिय पटेलको मृत्यु भएको प्रहरीले जनाएका छ ।
ना ४२ प ७१४२ नम्बरको मोटरसाइकलबाट घर फर्कने क्रममा गएराती साढे ९ बजे बलुवा गाउँ नजिक मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा परेका पटेलको उपचारका लागी ईलाका प्रहरी कार्यलय कटहरियाबाट खटिएका प्रहरी टोलीले क्लिनिकमा लगेका थिए । पटेलको मृत्यु भइसकेको डाक्टरले घोषणा गरेको प्रहरी धिरेन्द्र यादवले बताउनु भयो । मृतक पटेलको मृत्यु दुर्घटनाले नभइ सुनयोजित तरिकाले हत्या नै गरिएको परिवारजनले आशंका गरेका छन । शवको प्रकृति हेर्दा दुर्घटना नभएको हत्या गरिएको निजका आफन्तहरुले बताएका छन ।

मृतक पटेलको दुर्घटनाको कारण हालसम्म खुल्न नसकेकोले यस बिषयमा थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी प्रमुख सई बिरेन्द्र यादवले जानकारी दिनु भयो ।