७ असोज,चन्द्रपूर
रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ का माओवादी केन्द्रका संयोजक काग्रेस प्रवेश गरेका छन । चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ मंगलपुरका नेकपा माओवादी केन्द्रका संयोजक बलराम राउतसहित सयौ माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु विहिबार नेपाली काग्रेसमा प्रवेश गरेका हुन ।

विहिबार चन्द्रपुर नगरपालिका वडा नंबर १ स्थित बागमती मंगलपुरमा नेपाली कांग्रेसद्वारा आयोजित पार्टी प्रवेशको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन ।जनता समाजवादी पार्टी निकट युवा संगठनको केन्द्रीय सदस्य समेत रहेका राम कल्याण राउतले पनि नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्नु भएको छ । नेपाली कांग्रेसका नेता एबम प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिनाले माओवादी केन्द्रका चन्द्रपुर वडा नंबर १ का संयोजक समेत रहेका नेता राउत लगायतलाई पार्टीको साधारण सदस्यता सहित अबिर र खाँदा ओढाएर नेपाली कांग्रेस पार्टी प्रवेश गराउनु भएको हो । नेता राउतको प्रवेशले कांग्रेस पार्टी झन् सशक्त एबम बलियो भएको र एमाले , माओवादीमा ठूलो पहिरो गएको स्थानीय बुद्धिजीवीहरूको विश्लेषण गर्न थालेका छन । कम्युनिष्टको किल्ला भनेर चिनिएको चन्द्रपुर १ मा कांग्रेसको चारतारे झण्डा गाडेर देखाउने नेता राउतले दावी गर्नु भयो ।

रौतहटमा मात्र नभई देशैभरीका जनताले कम्युनिस्ट पार्टीको विरुद्ध तिक्तता पोख्दै नेपाली कांग्रेस रोजेको वर्तमान अवस्थामा कम्युनिष्टकोपछि लाग्नु मुर्खता भएको प्रदेश सांसद धनलाल थोकरले बताउनु भयो । संघीय संसद देव प्रसाद तिमल्सिनाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथिहरुमा प्रदेश संसद तथा नगर सभापति धनलाल ठोकर, वृन्दावन नगरपालिकाका प्रमुख तथा क्षेत्रीय सभापति रामस्नेही यादव प्रदेश सभा क क्षेत्रीय सभापति नरेश लामिछाने, नेपाली कांग्रेसका नेताहरु मुकेश गिरी, रबिन चन्द्र कोइराला,कल्याण कुस्वार,नेत्र कुश्वार,निलहरी ,कोइराला,देवराज कार्की,केदार थापा,नवराज देवकोटा,तरुण दलका सोभित सिलवाल लगायत विभिन्न नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रम कांग्रेसका नेता श्रीराम न्यौपानेले सञ्चालन गर्नु भएको नेपाली कांग्रेसका युवा नेता कल्याण कार्कीले बताउनु भयो ।

अघिल्लो सामग्रीआमालाई बचाउँदा करेन्ट लागेर छोराका मृत्यु
यसपछिको सामग्रीकटुवा पेस्तोल सहित युवक पक्राउ