रौतहट,१२ असोज
रौतहमा व्यवस्थीत आवास निर्माणको लागि गरिब दलितहरुले गौरमा प्रदर्शन गरेका छन ।आवास निर्माणको लागि सदरमुकाम गौरमा गरिब तथा दलितहरुले प्रदर्शन गरेका हुन ।
दलित आवास निर्माण संघर्ष समिति रौतहटले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र समेत बुझाएको छ ।
उनीहरुले जनता आवासको कार्यालय घेराउ समेत गरेका छन ।आवास को व्यवस्था हुनुपर्ने , जनसख्याको आधारमा आरक्षण हुनु पर्ने ,छुवाछुत गर्न नहुने ऐेन पुर्णरुपमा कार्यान्वयन हुनु पर्ने,आवास निर्माण को रकम फ्रिज गराउने लाई कार्वाहि हुनुपर्ने ,अधुरा घरहरुको निर्माण सम्पन्न हुनुपर्ने , दलित तथा गरिव युवायुवतीहरु लाई रोजगारीको व्यवस्था हुनुपर्ने माग राख्दै ज्ञापन पत्रमा उल्लेख गरेका छन ।
दलित आवास निर्माण संघर्ष समितिको कार्यक्रम मा सम्वोधन गर्दै पुर्वप्रदेश सासद कुन्दन कुश्ववाहले भष्टाचार, अनियमितता,भेदभावले दलित समुदाय पिडित हुँदै आएको बताएका छन । उनीहरुको उत्थानको लागि तीनै तहको सरकार गम्भीर हुनुपर्ने बताएका छन ।
आवरण दलित समुदायको गौरमा प्रर्दशन