रौतहट,१६ भाद्र
महिला सुरक्षा दबाब समुहले चन्द्रपुर नगर क्षेत्रका बाढी पिडित , दलित , एकल महिला , अपाङग , एसिड पिडित लगायतका २०० परिवारलाई मंगलबार राहत सामग्री घरघरमा नै वितरण गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा विगत लामो समयदेखि महिलाहरुको अधिकार र न्यायको पक्षमा ओकालत गर्दै आएको महिला सुरक्षा दबाब समुह चन्द्रनिगाहपुरले मंगलबार घरघरमा नै पुगेर राहत सामग्री वितरण गरेको समुहका अध्यक्ष देवकी नेपालले बताउनु भयो । टेवा को आर्थिक सहयोगमा महिला सुरक्षा दबाब समुहको संयोजकमा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ , ७ , ८ र ९ का पुर्वटोल , बनबोहरी , चेतनगर , बेतौना लगायतका स्थानिय दलित , अपाङग , एकल महिला , बाढी पिडितहरुको घरघरमा नै पुगेर राहत वितरण गरेको समुहका उपाध्यक्ष बिना साहले बताउनु भयो । चन्द्रपुर नगरपालिकाका वडा ७ का वडा अध्यक्ष .सहित चन्द्रपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सरस्वती खुलालको रोहवरमा २०० परिवारलाई चामल , नुन , तेल , दाल लगायतका राहत सामग्री वितरण गरिएको सचिव मालादेवी जयसवालले बताउनु भयो ।
सो राहत सामग्री बुधबार पनि वितरण हुने अध्यक्ष नेपालले बताउनु भएको छ । बुधबार चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ पौराइ र वडा नम्बर २ जुडिवेलामा वितरण गरिने उहाले बताउनु भयो । मंगलबार १८० परिवारलाईसो राहत वितरण गरेको र बाकी २० परिवारलाई बुधबार वितरण गरिने संस्थाले जनाइएको छ ।

अघिल्लो सामग्रीपानीमा लुकाई राखेको अवस्थामा ११ थान सालको गोलीया वरामद
यसपछिको सामग्रीअनेम संघ क्रान्तिकारीको प्रदेश स्तरिय बैठक सम्पन्न