११,असोज
सर्लाहीमा भारतसँग सीमा जोडिएका ८ वटै नाका खुला गरिएको छ । आइतवार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सर्लाहीको बैठकले सरकारले गरेको निर्णयअनुसार जिल्लाका ८ वटै नाका खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिएका छन् । बैठकले सदरमुकाम मलंगवास्थित गोरखकाली नाका, पर्सा गाउँपालिकास्थित संग्रामपुर र पर्सा नाका, ब्रम्हपुरी गाउँपालिकास्थित त्रिभुवननगर नाका, मलंगवा नगरपालिकास्थित भाँडसर नाका, विष्णु गाउँपालिकास्थित बाराउद्योरण र फेन्हरा नाका खुला गर्ने निर्णय गरेको हो । खुला गरिएका सबै नाकामा हेल्थ डेक्स स्थापना गर्ने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी महतोका अनुसार स्वास्थ्य कार्यालयमार्फत ती नाकामा एन्टिजेन परीक्षण गर्ने व्यवस्था समेत मिलाइएको छ।

अघिल्लो सामग्रीरौतहटको तिन वटा विद्यालयमा साइकल वितरण
यसपछिको सामग्रीवीरगञ्ज भन्सार कार्यालयको दुई महिनामा ८ अर्ब बढी राजस्व सङ्कलन