रौतहट,१६ भाद्र
रौतहटको वन क्षेत्रबाट चोरेर भित्रयाइएको सालको ११ थान गालिया काठ वन कर्मचारीले कटहरिया नगरपालिकाको भसेढवा गाउ“बाट मंगलवार विहान बरामद गरेको छ ।
जिल्ला वन कार्यालय चन्द्रपुरलाई प्राप्त भएको गोप्य सुचनाको आधारमा वन कर्मचारी तथा जंगलसहिया साझेदारी वनको कर्मचारीहरुको संयुक्त टोलीले कटहरिया नगरपालिका वडा नम्वर १ भसेढवा गाउ“मा पानी भित्र लुगाई रखेको अवस्थामा ५७ क्युविक फिट बराबरको ११ थान सालको गोलीया आज विहान बरामद गरेको हो ।जंगलसहिया सव–डिभिजन वन कार्यालयका अधिकृत रामदेव चौधरीको नेतृत्वमा गएको वन कर्मचारीको टोलीले उक्त सालको काठ पानीमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको डिभिजन वन कार्यालय चन्द्रपुरको प्रमुख अमरदेव यादवले जानकारी दिए ।
बरामद गरिएको काठ जंगलसहिया सव–डिभिजन वन कार्यालयमा राखेको र तस्करहरुको पहिचान गर्नका लागि आवश्यक अनुसन्धान भईरहेको जानकारी दिदै डिभिजन प्रमुख यादवले पछिल्लो समय काठ तस्करहरुले जंगलबाट अवैध रुपमा तस्करी गरी लुकाइएका काठहरु गाउँ गाउँमा परिचालन गरिएको सुराकीबाट वन कर्मचारीहरुले धमाधम बरामद गर्न थालेको दाबी गरे । रौतहटको साझेदारी वन, सामुदायिक वन तथा राष्ट्रिय वनमा प्रवेश गरेर अवैध रुपमा चिरानको प्रयोग गरी गोलीया बनाएर तस्करी गर्ने क्रम बढ्दै गएको समाचार प्रकाशमा आउन थालेपपिछ वन कर्मचारी एवं वन रक्षक टोलीहरु वनबाट लगिएको काठ समात्ने अभियानको रुपमा संचालन गरेर त्यस्ता काठहरु नियन्त्रणमा लिने क्रम जारी रहेको उनले स्पष्ट पारे ।

अघिल्लो सामग्रीएमाले फुटेको होइन, हामीले विद्रोह गरेका हौंःझलनाथ खनाल
यसपछिको सामग्रीमहिला सुरक्षा दबाब समुहले घर मै पुर्याए राहत