चन्द्रपुर// चन्द्रनिगाहपुरमा नेपाल दलित मुक्ति मोर्चाको जिल्ला भेला आइतबार सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ स्थित गौतम होटलको सभा हलमा सम्पन्न सो जिल्ला भेला तयारी बैठकले संगठन विस्तारलाई सशक्त ढंगबाट निरन्तर अगाडी बढाउने भएको छ । नेकपा माओवादी केन्द्र आम नागरिकहरुको समस्यासंग नजिकबाट नियाल्दै आएको पार्टी भएकाले जनताको घरघरमा पुग्ने अभियान नै चलाउनु पर्नेमा नेकपा माओवादी केन्द्रका रौतहट जिल्ला ईनर्चाज युवराज भटटराई समिरले जोड दिनुभयो । गाउ टोल हुदै वडा नगर भेला सम्पन्न गरि जिल्ला भेला भब्य रुपमा सम्पन्न गर्ने नेपाल दलित मुक्ति मोर्चा रौतहटले जनाएको छ । कार्यक्रममा सामाजिक अभियन्ता गोबिन्द राम माओवादी केन्द्रमा प्रवेश समेत गर्नु भएको छ ।
कार्यक्रममा देवेन्द्र पटेल , महिला नेतृ देवकी नेपाल, दुर्गा भगवती गाउपालिका माओवादी केन्द्रका नगर अध्यक्ष शम्भु सिहं लगायत माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।