रौतहट//निजामति दिवशको अवसरमा चन्द्रपुर अस्पतालमा रहेका बिरामीहरुलाइ फलफुल वितरण गरिएको छ।
मंगलबार इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब डोरेन्द्र निरौलाको प्रमुख आतिथ्यमा अस्पतालका करिब २५ जना बिरामीलाइ फलफुल वितरण गरिएको हो ।सो कार्यक्रममा निजामति ट्रेड युनियन महासंघ रौतहटका उपाध्यक्ष शम्भु महतो , नापी कार्यालय चन्द्रनिगाहपुर,सडक कार्यालय,भु संरक्षण तथा जलाधार कार्यालय,वन कार्यालय,चन्द्रनिगाहपुर अस्पताल,मालपोत कार्यालय,पशु कार्यालय लगायत सरकारी कार्यालयका कर्मचारीहरुको उपस्थीती रहेको थियो ।
सोही अवसरमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अमरदेव यादवले उपस्थीत सबैलाइ तेजपत्ताको बिरुवा प्रदान गरेका थिए।
आवरण निजामति कर्मचारी दिवशको अवसरमा बिरामीलाइ फलफुल बितरण