असोज,१०
चीनको सेन्ट्रल बैंकले क्रिप्टोकरेन्सीसँग जोडिएका सबै लेनदेनलाई अवैध घोषित गरेको छ । बैंकले बिटकोइनजस्ता डिजिटल करेन्सीमा प्रतिबन्ध लगाएको छ ।भर्चुअल करेन्सीसँग जोडिएका कारोबारी गतिविधि अवैध गतिविधि हुन् । यो मानिसको सम्पत्तिको सुरक्षाको लागि गम्भीर खतरा हो, पिपल्स बैंक अफ चाइनाले भनेको छ ।चीन विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बजारमध्ये एकमा पर्दछ । चीनमा क्रिप्टोकरेन्सीमा आएको उतारचढावले क्रिप्टोकरेन्सीको वैश्विक मूल्यमा प्रभावित गर्दछ ।
चीनले प्रतिबन्ध लगाएसँगै बिटकोइनको मूल्य दुई हजार डलरभन्दा धेरै गिरावट आइसकेको छ । क्रिप्टोकरेन्सीको व्यापार सन् २०१९ मा चीनले आधिकारिक रूपले प्रतिबन्ध लगाएको थियो । तर विदेशी मुद्राको माध्यमबाट क्रिप्टोकरेन्सीको व्यापार भइरहेको छ ।

अघिल्लो सामग्रीसाझावाणी दैनिक असोज १० गतेको ई-पेपर
यसपछिको सामग्रीवर्षाको कारण भैरहवा र पोखराबीचको खेल प्रभावित