local goverment

०४ असोज,रौतहट
रौतहटको चन्द्रपुरमा प्याब्सन नगर कमिटिको दोस्रो अधिबेसन सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ स्थित एएनप्लाजामा सम्पन्न सो अधिबेसनले पुन दोस्रो कार्यकालका लागी लोक बहादुर श्रेष्ठको अध्यक्षतामा नया“ कार्य समिति चयन गरेको प्याब्सन चन्द्रपुरले जनाएको छ । निजि विद्यालयहरुको छाता संगठन प्याब्सनले नगर क्षेत्रमा विद्यालय सुधारका साथै गुणस्तरीय प्रदान गर्नका लागी योजना निर्माण तथा कार्यन्वयनमा जोड दिदै आएको छ । त्यसका साथै निजि विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको पक्षमा समेत वकालत गदै प्याब्सनले आफ्नो भुमिका शिक्षा क्षेत्रमा अतुलनिय योगदान दिदै आएको छ ।
आइतबार सम्पन्न सो अधिबेसनले अगामी शैक्षिक सत्रका कार्य योजनाका साथै विद्यालयमा भएका समस्या र त्यसका सामधानका उपायहरु सम्बन्धि छलफल समेत गरेको जनाएको छ । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका सम्पुर्ण निजि विद्यालयहरुका प्रिन्सिपलसहित शिक्षकशिक्षिकाहरुले समेत सहभागीता जनाएका थिए ।

अघिल्लो सामग्रीसुशासनप्रति रौतहटका स्थानीय सरकार उदासीन
यसपछिको सामग्रीसप्तरीमा ६ महिनामा तीन सीडीओ फेरिए