रौतहट ३,असोज
करीब एक महिना रित्त रहेको रौतहट प्रहरी प्रमुखकको पदमा यतिबेला प्रहरी उपरिक्षक बिनोद घिमीरे आसिन छन्। भाद्र २८ गते हाजीर भएका प्रहरी प्रमुख घिमीरे यतिबेला जिललाको समग्र अवस्था,शान्ति सुरक्षा र सिमा क्षेत्रको बिषय बुझ्न ब्यस्त छन् । यसै दौडानमा घिमिरेले चन्द्रपुरका संचारकर्मीसँग अन्र्तक्रिया कार्यक्रम गर्नु भएको छ । आईतवार हिमालयन होटलको सभा हलमा रौतहटको शान्ति सुरक्षाको अवस्था तथा चुनौतीको बारेमा घिमिरेले पत्रकारहरु संग राय र सुझाव लिएका छन् । जिल्लामा शान्ति सुरक्षाको अवस्था, अपराध रोकथाम तथा नियन्त्रण, अवैध चोरी निकासी, पैठारी, झै झगडा, प्रहरी आचरण, प्रहरीको सेवा प्रदानमा लगाएतको बारेमा पत्रकारसंग कार्यक्रममा छलफल गरिएको हो । इमान्दारीता मानव जातीको मुख्य मन्त्रलाई शिरोपर गर्दै आफ्नो कार्य र कर्तब्य बाट पछि नहट्ने उपरिक्षक घिमीरले बताए । शान्ति सुरक्षा स्थापनाका लागी पत्रकारहरुको अहम भुमिका रहने भएकाले आफु पत्रकारहरुसँगै सहकार्य गर्दै अगाडी बढ्ने घिमिरेले जिकिर गर्नु भयो । रौतहटका पत्रकारहरुको समग्र हालको स्थिती र सुरक्षा निकायले अपनाउनु पर्ने भुमिकाका बारेमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीले प्रहरी प्रमुखलाई जानकारी गराएका थिए ।

प्रहरी उपरिक्षक बिनोद घिमीरे

कार्यक्रममा सम्पुर्ण संचारकमीहरुले आफ्नो राय,सल्लाह र प्रहरीले सुधार्नु पर्ने बिषयमा चर्चा भएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालयका डिएसपि लिलाराज लामिछाने , पत्रकार महासंघ रौतहटका सल्लाहकार संजय कार्की , नेपाल प्रेस युनियन रौतहटका सभापति यादवराज पुरी ,सचिवद्धय दिपु मिश्र,पत्रकार माहा संघ रौतहटका पुर्व कोषध्यक्ष रमेश तिमल्सिना पत्रकारहरु रत्न अधिकारी,सुब्बा कार्की ,अनमोल कार्की , रुपेन्द्र पटेल , उपेन्द्र गोले ,मुकेश कुमार साह,सन्तोष काफ्ले लगायत चन्द्रपुर क्षेत्रमा विभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो । रौतहटमा भर्खर आउनु भएका घिमिरेले केही दिन अगाडी रौतहटका विभिन्न स्थानमा कार्यरत पत्रकारहरुसँग अन्र्तक्रिया गरि सकेका छन् ।

अघिल्लो सामग्री७ औं संविधान दिवसको अवसरमा काङ्ग्रेसले गर्यो दिप प्रज्वलन
यसपछिको सामग्रीसाझावाणी दैनिक असोज ४ गतेको ई-पेपर