रौतहट// गरुडामा प्रहरीले सयौँ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । ईलाका प्रशासन कार्यालय,गरुडा नगरपालिकाका,आन्तरिक राजस्व चन्द्रपुरका प्रतिनिधि, पत्रकार तथा जनप्रतिनिधिको रोहवरमा प्रहरी कार्यालय छेउमा ३०० लिटर मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने विभिन्न सवारी साधन चेकजाँचको क्रममा प्रहरीले उक्त मदिरा बरामद गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन् । दसैँ तिहार नजिकिदै जाँदा रौतहटमा अवैध घरेलु मदिराको उत्पादन तथा बिक्री वितरणमा वृद्धि भएको छ ।

अघिल्लो सामग्रीसुन उपभोग बारे अध्ययन गर्दै राष्ट्र बैंक
यसपछिको सामग्रीदुई महिनामा ३ खर्ब १४ अर्बको आयात, ४४ अर्बको निर्यात