भाद्र २५, रौतहट
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बिरुद्ध रौतहटमा आईटिआर्मिले बिरोध प्रर्दशन गरेको छ । आइटीआर्मिका जिल्ला अध्यक्ष नरेस साहको नेतृत्वमा रौतहटको मुख्य चोक चन्द्रनिगाहपुरमा शुक्रबार प्रदर्शन गरिएको हो । पुर्ब पच्छिम राजमार्गमा रहेको गौतम होटलबाट बिरोध प्रर्दशन सुरु भई मुख्य चोकमा कोण सभा गरी बिरोध कार्यक्रम तत्कालको लागी सम्पन्न भएको छ । एमसीसी राष्ट्र र जनताको लागी घातक रहेको भन्दै आईटिआर्मिका सयौ भन्दा बढि सदस्यहरु सडकमा उत्रेर बिरोध प्रर्दशन गरेका थिए ।


राष्ट्रघति एमसिसि खारेज गर,देश बेच्न पाईदैन, राष्ट्रिय स्वधिन्ताको रक्षा गर भनि नारा लगाएका थिए । बिरोध कार्यक्रममा सैयौं मानिसको सहभागिता रहेको थियो। कार्यक्रम उग्र हुन नदिन चन्द्रनिगाहपुर स्थित चौक बिहानै देखि बाकलो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । सरकारले जबरजस्ति गरी (एमसीसी) पास गरेमा क्रमबद्ध रुपमा आफ्नो आन्दोलन जारी राख्ने आईटिआर्मिका एक सदस्यले बताए । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लागू गर्ने हो भने पहिले संशोधन हुनुपर्ने नेपालका प्रमुख दल र नागरिकस्तरबाट समेत आवाज उठिरहेको बेला अमेरिकाले इन्कार गरेको छ ।

भिडियो हेर्नुहोस…………..

अघिल्लो सामग्रीअफतावको मुद्दा हेर्न नमिल्ने
यसपछिको सामग्रीनेकपा एमाले रौतहट-काठमाडौ सम्पर्क मञ्च को अध्यक्ष मा तिमल्सिना चयन