काठमाडौँ/इजरायली सेनाको आक्रमणबाट कम्तिमा चार जना प्यालेस्टाइनीहरु मारिएका छन् । इजरायलले कब्जामा लिएको वेस्ट ब्यांकस्थित जेनिन र जेरुसेलममा इजरायली सेनाले आइतबार रातभर आक्रमण गरेको हो ।गाजास्थित सीमा क्षेत्रमा हतियारसहित तैनाथ भएका इजरायली सैनिक तस्बिरः रोयटर्स प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहम्मद हलेलीका अनुसार उत्तरपश्चिम गाउँ बिद्दुका तीन जना नागरिक इजरायली आक्रमणमा मारिएको पुष्टि भएको छ । यस्तै, जेनिन सहरको दक्षिणपश्चिम क्षेत्र बर्किनका एक जना आक्रममा मारिएका छन् । आक्रमणमा अर्का एक प्यालेस्टाइनी पनि मारिएको हलेलीले बताएका छन् । तर यसबारे कुनै पुष्टि हुन सकेको छैन ।
अलजजिराका अनुसार दोहोरो भीडन्तको क्रममा केही इजरायली सैनिकहरु पनि घाइते भएका छन् । इजरायली मिडियाले भने इजरायली सेनाले हमास कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने उद्देश्यले छापा मारेको जनाएका छन् । वेस्ट ब्यांकका विभिन्न स्थानमा इजरायली सेनाले केही महिनादेखि दैनिकजसो अपरेशन गर्दैआएको छ । गत महिना मात्रै जेनिन शरणार्थी शिविरमा इजरायली सेनाले गरेको अपरेशनमा चार प्यालेस्टाइनी मारिएका थिए ।

अघिल्लो सामग्रीसंविधानसभाका सदस्य राजवंशी एमाले प्रवेश
यसपछिको सामग्रीहत्या आरोपमा तीन जना पक्राउ