७ आश्विन,सिरहा
सिरहाको कर्जन्हा नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाले कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनी कुमार झाको करेन्ट लागेर मृत्यु भएको जनाएको छ । कलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाको आमालाई करेन्ट लागेको थियो । आमालाई बचाउने प्रयास गर्दा छोरा झाको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेकी झाकी आमा गम्भीर छन् । उनको उपचार कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भइरहेको छ ।