साउन ३१,रौतहट
रौतहट चन्द्रनिगाहपुरको लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता मधु इन्टरनेशनल ट्रेडर्सले आजदेखि चन्द्रनिगाहपुर बजारमा होन्डा ग्रेजियाको बीएमभीआइ मोडल बिक्री बितवरण ल्याएको छ । आकर्षक र स्टाईलिस लुक रहेको यस १२५ सिसि नयाँ बीएसभीआइ मोडलमा व्यावहारिक फिचरहरू थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको हो ।
१५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको छ ।
यस फिचर अन्तर्गत तपाईंहरुले स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सकिने,होन्डा शोरुम चन्द्रनिगाहपुर का प्रोपाइटर अमन तिवारी ले बाताए।
रौतहट जिल्लाको बजारमा ल्याइएको ग्रेजिया स्कुटर पहिलो पटक चन्द्रपुर ४ का शाहिल पुरी ले खरिद गरेका छन। अन्य स्कुटर भन्दा होन्डा ग्रेजिया आकर्षक र स्टाइलिस लुक रहेको र अन्य विशेषता थपिएको हुदा उक्त स्कुटर खरिद गरेको पुरिले बताए ।
होन्डाको पिजिएम एफआइ (प्रोग्राम फ्यूल इन्जेक्सन) टेक्नोलोजीे प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर छ । ग्रेजियाको यस नयाँ बीएसभीआइ डिएलएक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्न सक्छ ।