भद्र,०८
राजविराज/ सप्तरीको कंचनरुप नगरपालिका २ बरमझियास्थित संगम फास्ट फुड एण्ड मदिरा होटलका संचालक लागूऔषध सहित पक्राउ परेका छन् । होटलको आडमा उनले लागूऔषधको कारोबार संचालन गर्दै आएको गोप्य सुचनाको आधारमा शनिवार राती ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको टोलीले होटलमा छापामारी गरी २८ वर्षीय जयराम यादवलाई पक्राउ गरेको हो ।उनले संचालन गरेको होटलबाट प्रहरीले ठुलो मात्रामा प्रतिबन्धित लागूऔषध समेत बरामद गरेको छ । पक्राउ परेका ब्यक्ति र बरामद लागूऔषधको विवरण आईतवार सार्वजनिक गर्दै डिएसपी माधव प्रसाद काफलेले भारतबाट लुकाई छिपाई ल्याएको लागूऔषध होटलमा राखेको र बिक्री गर्ने गोप्य सुचना आएपछि छापामारी गरिएको बताए ।

होटलमा लुकाई राखिएको अवस्थामा प्रहरीले नाइट्रोसन १० ट्याब्लेट ६१० थान, एस्पामोप्रोक्सीभन प्लस ३१० थान, डाईलेक्सडिसी १०० एमएल ८ बोतल, सुई १ र ३ थान मोबाईल बरामद गरेको छ । यस्तै प्रयोगमा ल्याईसकेका नाइट्रोसन १० ट्याब्लेटको खाली खोल ४१, एसपासमो प्रोक्सीभन २०,डाएलेसीस डिसी १०० एमएल ८ र कोडीबेल १०० एमएलका १ वटा खाली बोतल समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका यादवलाई नियन्त्रणमा राखी लागूऔषध मुद्दामा अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

अघिल्लो सामग्रीचर्चा बटुल्दै विष्णु माझीको ‘चरी जेलैमा’
यसपछिको सामग्रीएसियन कप छनोटको लागि २३ सदसीय नेपाली टिम घोषणा