श्रावण २५, रौतहट
जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ ।
रौतहटको मुख्य चोक चन्द्रनिगाहपुर,गरुडा र बिपि चोक मा रहेको तरकारी पसलहरुमा बिषादी प्रयोग गरेर उब्जाएको तरकारीहरु प्रयाप्त मात्रामा बेचिएको पाइन्छ।
बजारमा बेचिने हरियो तरकारी तथा फलफुलमा बढी बिषादि प्रयोग गरिने उपभोक्तहरुको गुनासो आउन थालेको छ।
बजारमा बेचिने तरकारी मध्य काक्रोमा बढी बिषादि प्रयोग भएको पाइएको छ। बारिमा तरकारी उब्जनि छिटो र धेरै मात्रामा हुने भएकाले किसानहरु तरकारीमा बढी बिषादी प्रयोग गर्न आकर्षण भएका छन । यस्ले प्रत्यक्ष असर भने जन स्वास्थमा परेको छ।
यस्तै बोडी, खुर्सानी, टमाटर, काउली, सिमी, घिरौंलालगायतमा विषादीको प्रयोग बढी भएको पाइएको छ । चन्द्रपुर ६ मा रहेको तरकारी बजारबाटसमेत जिल्ला भित्र र बाहिर बाट आएका तरकारीमा विषादीको प्रयोग बढी भएको गुनासो आउन थालेको छ ।
बिषादि युक्त तरकारी को सेवन गर्दा अस्पतालहरुमा बिरामी को सख्या बढ्न थालेका छन ।
बिषादी युक्त तरकारीको सेवनले फुड पोइजन हुने,झाडापखाला चल्ने,कमजोरी हुने जस्तो को बिरामी बढेको चन्द्रनिगाहपुर अस्पतालका डा. देव शखर पासवानले जानकारी दिए। बजारमा पाइने बिषादी युक्त तरकारी सके सम्म सेवन नगर्न र गर्नु परे पनि राम्रो संग पकाएर सेवन गर्न डा.पासवानले सुझाए।
कृषक हरुले बढ्दो रुपमा तरकारी र फलफुलमा बिषादी प्रयोग गरि बिक्री बितरण हुदा कृषि ज्ञान केन्द्रले चासो नदेखाएको चन्द्रपुर ६ का युवा नेता सहदेव के. सि ले आरोप लगाए ।
कृषकलाई गाउँगाउँमा गएर सम्झाउने र विषादीको प्रयोगबारे जानकारी गराउने काम गर्न कृषि ज्ञान केन्द्र रौतहटलाई युवा नेता के.सि ले आग्रह गरे ।
कोरोना भाइरसको सङ्क्रमणका कारण विदेश गएर फर्किएका र यही रहेका युवा अहिले कृषि पेशामा आकर्षित भएको देखिन्छन् ।
चन्द्रपुर नगरपालिकाका प्रमुख राम चन्द्र चौधरीले विषादीरहित तरकारी उत्पादनमा जोड दिनुपर्ने बताए । उनले भने, ‘अबको समय प्राङ्गारिक खेतीको हो । सबैले प्राङ्गारिक मल र उत्पादनको प्रयोग गर्नुपर्छ ।’चौधरीले आफ्नो नगरपालिका भित्र कृषकमैत्री भएर योजनाहरु अगाडि बढाएको जिकिर गरे।
दिन प्रती दिन बजारमा बिषादि युक्त तरकारी र फलफुल बिक्री बितरण भईरहेको हुदा प्रशासन र स्थानीय तहले समयमै ध्यान दिन जरुरी देखीन्छ । जनस्वास्थ्य माथी खेलबाड गर्ने छुट कसैलाई पनि नरहेको बितरकले पनि बुझ्न जरुरी रहेको छ।