२३ श्रावण,चन्द्रपूर
संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड ( साकोस )ले आफना शेयर सदस्यको स्वास्थ्य उपचारको चन्द्रनिगाहपुरमा रहेको सिभिल हस्पिटल संग सम्झौता गरेको छ । सम्झौता अनुसार संकल्प साकोसका शेयर सदस्यको उपचारमा सिभिल हस्पिटलले छुट दिने छ । जसमध्ये संकल्प साकोसका शेयर सदस्यको उपचारमा सिभिल हस्पिटल बाट ओपिडि सेवा निशुल्क पाउने छ्न भने औषधि खरिदमा ५ प्रतिशत छुट र अन्य सेवामा २० प्रतिशत छुट दिनेछ । त्यस्तै सम्झौतामा न्युन आय भएका सेयर सदस्य हरुलाई सबै सेवामा ५० प्रतिशत छुट दिने रहेको छ । संकल्प साकोसका अध्यक्ष बिभु पोखरेल र सिभिल हस्पिटलका प्रशासकीय अधिकृत राजन कुमार साह बीच शुक्रबार सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । आफनो शेयर सदस्यको जीबनस्तर उकास्दै आएको संकल्प साकोसले शेयर सदस्यको स्वास्थ्यको जिम्मेवारी बहन गर्दै अगाडि बढिरहेको छ ।
आवरण स्वास्थ्य उपचारमा संकल्प साकोस र सिभिल हस्पिटल बीच सम्झौता