सिरहा प्रहरीले लागूऔषधसहित एक युवक पक्राउ
सिरहा प्रहरीले लागूऔषधसहित एक युवक पक्राउ

१८ श्रावण ,जनकपूरधाम

सिरहा प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका ५ सिरहाका २६ बर्षीय प्रभुनारायण सिंह रहेका छन् । सिंहलाई लहान नगरपालिका १ बाट लागूऔषधसहित पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । २६प १८९ नम्बरको मोटरसाइकलमा सबार सिंहलाई आईतबार राति पक्राउ गरिएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार सिंहको साथबाट ४ हजार ७ सय ४० थान नाइट्राभेट ट्याब्लेट, १९४ एम्पुल डाइजेपाम, १९४ एम्पुल फेनारगन, ७ बोतल डाइलेक्स डिसी र नाम लेबल नभएको १९४ एम्पुल लागूऔषध बरामद भएको छ ।पक्राउ परेका सिंहलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

अघिल्लो सामग्रीवीरगञ्जमा बेवारिसे अवस्थामा छाडिएको ट्रकबाट २१ किलो गाँजा बरामद
यसपछिको सामग्रीसाझावाणी दैनिक श्रावण २० गते बुधबार ।