२० श्रावण,सर्लाही
सर्लाहीमा अवैध सालको काठ लोड गरिएको ट्याक्टर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरिक्षक जटाशंकर यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाका ब्रह्मपुरी गाउँपालिका वडा न–३ स्थित ना २ त ३८२ र ज २ त ३२३९ नम्बरको ट् याक्टरमा राखेर ल्याउँदै गरे ३८ थान सालको गोलिया९ २८४ क्युफिट०र चालकलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको सालको गोलिया, ट्याक्टर र चालकलाई आवश्यक कार्यवाहीको लागि जिल्ला बन कार्यालय लालबन्दी पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जनाएको छ । यस्तै, तामागढी सब डिभिजन बन कार्यालय, बाराले जीतपुर सिमरा उपमहानगरपालिकाको टाँगिया बस्तीबाट ६४ क्युफिट सालको काठ बरामद गरेको छ । टाँगिया बस्तीस्थित झाँडीमा लुकाएर राखिएको अवस्थामा १० वटा काठको गोलिया बरामद भएको तामागढी सब डिभिजन बन कार्यालका साहयक बन अधिकृत हरिशंकर साहले जानकारी दिए । उनले फुटबल ग्राउन्ड निर्माण गर्ने क्रममा तस्कर हरुले काठको गोलिया लुकाएर राखेको हुन सक्ने आशंका ब्यक्त गरे ।
बरामद काठको गोलियालाई तामागढी सब डिभिजन बनको कार्यालयमा घाट गदी गरि राखिएको डिभिजन बन कार्यालय बाराले जनाएको छ । बरामद काठको बिषयमा स्थानीयसँग सोधपुछ कार्य भईरहेको सहायक बन अधिकृत साहले बताए ।