सर्लाहीमा पेस्तोलसहित युवक पक्राउ

०६ भदै,सर्लाही
सर्लाहीमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको मलंगवा नगरपालिका –११ ठुलो पल्सी बस्ने ३० वर्षीय समसुद्दिन अन्सारीलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । अन्सारी र उनकै दाजुबीच वादविवाद भैरहेका अवस्थामा अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्प र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले समसुद्दिनलाई पक्राउ गरेको हो । पक्राउ परेका अन्सारीमाथि प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

अघिल्लो सामग्रीमृगौला पिडित सिमाले गरीन सहयोगको आग्रह
यसपछिको सामग्रीबारामा मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु