रौतहट,३२ श्रावण सनराइज बैंक लिमिटेडले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ९ चेतनगर बिर्ता रौतहटमा शाखा रहित बैंकि· सेवाको सुरुवात गरेको छ ।शाखारहित बैंकि· सेवा संचालनमा आए सगै बैंकको शाखा रहित बैंकि· सेवा संख्या ८६ पुगेको छ । बैंकले चन्द्रपुर नगरपालिका वडा नं. ९, चेतनगर वितां, रौतहटमा खोलेको शाखारहित बैंकि· सेवाको व्यवसायीक प्रतिनिधिका रुपमा श्री शैलेन्द्र चौधरीलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकि· सेवा समुद्घाटन कार्यक्रम चन्द्रपुर नगरपालिका वडा नं ९ वडा अध्यक्ष श्री गोविन्द प्रसाद दुलालको प्रमुख आतिथ्यता, सनराइज बैंक चन्द्रनिगाहपुर शाखाका शाखा प्रबन्धक श्री सतिश महर्जन सभा अध्यक्षता र सनराईज बैंक प्रदेश नं. २ का प्रदेश प्रमुख श्री रोहित कुमार महासेठको विशेष अतिथ्यमा तथा इलाका प्रहरी कार्यालय चन्द्रपुर नगरपालिका वडा नं ९ चेतनगर विर्ताको प्रमुख श्री समिद मिया अन्सारी तथा बैंकका अन्य कर्मचारीहरु लगायतका, शिक्षक, स्थानीय उद्योगी, व्यवसायिहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।ै उक्त कार्यक्रममा स्थानिय वासीहरु तथा व्यवसायीहरु समेतको बाक्लो उपस्थिती रहेको थियो । सो अवसरमा बैंकि· सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउवाट समेत शाखारहित बैंकि· सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप संकलन, रकम भुक्तानी रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने सनराईज बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकि· पहु“च बढाउने उद्देश्यका साथ बैंकि· सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हाल सम्म सन्राइज बैंकले १३९ वटा शाखा, ८५ वटा शाखारहित बैंकि· सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए टि एम मार्फत आफ्ना सात लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि बैंकि· सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।
अर्थ / व्यापार सनराईज बैंकको ८६औं शाखा चेतनगरमा बिस्तार