१८ श्रावण ,वीरगञ्ज
सशस्त्र प्रहरीले वीरगञ्जबाट २१ किलो गाँजा बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित दोस्रो बाइपास सडकखण्डबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी निरीक्षक राजेश्वरप्रसाद साहको कमाण्डमा खटिएको टोलीले बिहान साढे ७ बजे बेवारिसे ट्रकबाट गाँजा बरामद गरेको थियो ।
मकवानपुरको मनहरीबाट वीरगञ्ज आउँदै गरेको ना ३ ख ४२९७ नम्बरको ट्रकमा लागूऔषध ल्याउँदै गरेको सूचनाको आधारमा गएको टोलीले गाँजा बरामद गरेको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए । गाँजासहितको ट्रक आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।