२५असार,वीरगञ्ज
वीरगञ्ज भन्सार नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण हुने भएका छ । कोरोना सङ्क्रमणको तेस्रो लहरलाई दृष्टिगत गर्दै भन्सार कार्यालयका गोदाममा होल्डिङ सेन्टर निर्माण शुरुआत गरिएको हो ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भारतबाट वीरगञ्ज नाका हु“दै भित्रिने नागरिकलाई क्वारेन्टिनमा राखेर खान, बस्न तथा चिकित्सा सेवा निःशुल्क रुपमा उपलब्ध गराइने छ ।
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले होल्डिङ सेन्टर निर्माण जारी रहेको जानकारी दिए ।
वीरगञ्ज श्रीपुरस्थित चण्डीप्रसाद गणकोे व्यवस्थापकीय जिम्मेवारीमा निर्माण भइरहेको उक्त होल्डिङ सेन्टरको ठेक्का हनुमान कन्स्ट्रक्सन ललितपुरले लिएको छ । क्वारेन्टिनमा बस्नका लागि ५० अट्ने गरी २० हल, एक प्रशासनिक भवन, एक सेन्ट्रल किचेन छन् । विगतमा विद्यालय एवं कलेजलाई क्वारेन्टिनका रुपमा प्रयोग गरिएको थियो ।

अघिल्लो सामग्रीअमेरिका र बेलायतद्वारा आफ्ना नागरिकलाई अफगानिस्तान छाड्न आग्रह
यसपछिको सामग्री“फूलको संसार”