विद्यालय ब्यवस्थापन को अध्यक्ष चुन्ने विषयमा विवाद, दोहोरो झडपमा १३ जना घाइत
विद्यालय ब्यवस्थापन को अध्यक्ष चुन्ने विषयमा विवाद, दोहोरो झडपमा १३ जना घाइत

१८ श्रावण,रौतहट

रौतहटको एक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनको विषय लिएर बिवाद भएको छ। दुई पक्ष बिच बिवाद हुँदा झगडा सृजना भएको थियो ।दोहोरो झडप हुँदा १३ जना घाइते समेत भएका छन। जिल्लाको दक्षिणी भेगमा रहेको माधवनारायण नगरपालिका-४ विष्णुपुर अवस्थित श्री माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष चयन गर्ने विषयमा दुई समूह बीच आइतबार झडप भएको हो । झडपमा दुई समूहका गरी १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण भगत मालीको निधन भएपछि विद्यालयमा नयाँ अध्यक्ष चयन गर्ने तयारी गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक राजेश यादव र पूर्वअध्यक्ष देवनारायणका नाति पारस भण्डारीको समूहले आफ्नो पक्षको अध्यक्ष हुनु पर्ने दावी गरिरहेका थिए र सोही नगरपालिका वार्ड न ४ का अध्यक्ष रामदेनी मुखियाले पनि आफ्नो समूहबाट अध्यक्षको तयारी गरेपछि दुई समूह बीच झडप सृजना भएको हो।। कुनै पनि विद्यालयको अध्यक्ष हुनाका लागि विद्यालयमा अध्ययरनत विद्यार्थीका अभिभावक मात्रै हुन पाउने प्रावधान रहेको छ । सोहि नियमलाई मध्य नजर गर्दै माधव नारायण न.पा का आध्यक्षका छोरा रामतलेवर मुखिया आइतबार बच्चा भर्ना गराउन विद्यालय पुगेका थिए । विद्यार्थी भर्नाको सम्बन्धमा कुरा नमिलेपछि विवाद शुरु भएको स्थानीयले बताएका छन।। एक अर्कालाई तह लगाउन भन्दै दुवै पक्ष का स्थानीय बासको भराठा लिएर बिध्यालयको मैदानमा उत्रीएका थिए ।झजप भए पछि दुवै तर्फका गरि १३ जना घाइते भएका छन। उनिहरुको उपचार भइरहेको छ र घाइते भएकाहरु खतरा मुक्त रहेको प्रहरिले जनायो । घटनामा संलग्न दुवै पक्षका एक/एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी शिद्धिविक्रम शाहले जानकारी दिए । घटनामा संलग्न रामकलेवर मुखिया र दिलीप कुमार भण्डारीलाई प्रहरिले नियन्त्रणमा लिएको छ । थप संलग्नहरुको खोजी भइरहेको छ,प्रहरिले जनायो।

अघिल्लो सामग्रीकक्षा १२ सहित सम्पूर्ण परीक्षा स्थगित गर्ने
यसपछिको सामग्रीछिन्नमस्ता भगवती मन्दिरबाट चोरी भएको चाँदीको मुकुट भेटियो, एक पक्राउ