साउन२९,रौतहट
रौतहटसंगै देशभर हिन्दू धर्मावलीहरुले शास्त्रअनुसार आज नाग पञ्चमी पर्व मनाइरहेका छन्।
श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा मूल ढोकामाथि वा ढोकाको दायाँबायाँ गाईको गोबरले नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक चलन रहेको छ।
ज्योतिष शास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता भएकाले पनि यस दिन नागका अष्टकुल ९अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शंख० का नागहरूको पूजा गर्ने चलन रहेको छ।
यसका साथै अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु, जैमिनि नाम गरेका नागलाई पनि वज्रवारकको रूपमा पुज्ने गरिन्छ ।
यसरी नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता रहेको छ।
नाग रिसाए पानीका मुहान सुक्ने र पानीको हाहाकार हुने मान्यताका आधारमा पनि नागलाई खुसी पार्न पूजा गर्ने शास्त्रीय परम्परा रहिआएको धर्मशास्त्रिहरु बताउछन् ।
त्यस्तै, पातालमा नाग देवताको बसोबास हुने र नागपञ्चमीका दिन भूमि खन्दा नागलाई कष्ट हुने भएकाले यस दिन हलो जोत्नु वा घरको जग राख्नु शुभ हुँदैन भनेर शास्त्रमा उल्लेख गरिएको छ।