रौतहटमा सात वटा स्थानीय तहको बजेट पारित भएन
रौतहटमा सात वटा स्थानीय तहको बजेट पारित भएन

१९ श्रावण ,रौतहट
रौतहटको सात वटा स्थानीय तहको बजेट पारित हुन नसक्दा कार्यक्रम प्रभाबित भएको छ । तोकिएको समयमा तीन नगरपालिकाले बजेट ल्याउन सकेन भने पेश भएर पनि चार वटा नगरपालिकाको बजेट पारित हुन नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रौतहटको गरुडा नगरपालिका, वृन्दावन नगरपालिका र देवाही–गोनाही नगरपालिकाले तोकिएको समयमा बजेट ल्याउन सकेनन् भने ईशनाथ नगरपालिका, फतुवा विजयपुर नगरपालिका र बौधीमाई नगरपालिकामा पेश भए पनि बजेट पारित गर्न नसकेको हो । चालु आर्थिक वर्ष २०७८÷७९ को लागि स्थानीय तहले बजेट ल्याउनु पर्ने हो ।

चालु आर्थीक बर्षको लागि अघिल्लो बर्षको असाढ १० गते नगरसभा गरिसक्नु पर्ने संबैधानिक ब्यबस्था रहेको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहले असार १० गते भित्र बजेट ल्याउनुपर्ने र साउन लाग्नुअगावै पास गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । असार १० गते बजेट ल्याउन नसके पनि असार महिना सकिनुभन्दा अघिनै सभाबाट बजेट पास गरिसक्नुपर्नेमा रौतहटको गरुडा नगरपालिका, वृन्दावन नगरपालिका, देवाही–गोनाही नगरपालिका, ईशनाथ नगरपालिका, फतुवा विजयपुर नगरपालिका र बौधीमाई नगरपालिकाले अझै बजेट पारित गर्न सकेको छैन । बजेट पारित नभएपछि ती स्थानीय तहले साउनदेखि बजेट कार्यान्वयन गर्न सकेका छैनन । नगरसभा बाट बजेट पारित नभएपछि नयाँ आर्थिक वर्षका लागि सञ्चित कोषबाट रकम खर्च गर्न नमिल्दा कार्यक्रम प्रभाबित हुदै आएको छ । यस आर्थीक बर्षको बजेट स्थानीय जनप्रतिनिधिहरुको कार्यकालको अन्तिम बजेट रहेको छ ।

अघिल्लो सामग्रीरौतहटको कटहरिया न.पामा सुरक्षित आवास भुक्तानी नपाएपछि स्थानीयहरु आक्रोशित
यसपछिको सामग्रीवीरगन्ज–रक्सौल नाका व्यवस्थित गर्न जोड