रौतहट,०८ भाद्र
रौतहट रौतहटमा एक महिलामाथी प्रेम प्रस्ताव अस्वीकार गर्दा निर्घात कुटपिट भएको छ । रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर ६ पोठियाहीका एक महिलालाई सोही टोलका एक पुरुषको प्रेम प्रस्ताव अस्वीकार गरेपछि कुटपिट भएको हो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै पोठियाहीका २७ वर्षिय सिकेन्द्र यादवले सोही स्थानका ३० वर्षिया महिला मोदिना खातुनलाई कुटपिट गरेका छन । वैदेशीक रोजगारीको सिलसिलामा श्रीमान रहेको मौका छोपेर यादवले ति महिलालाई आफुसँग यौन सम्बन्ध राख्न प्रस्ताव गरेको थियो तर खातुनले सो प्रस्तावलाई अस्वीकार गर्दै आउनु भएको थियो ।
सिकेन्द्रले आफुलाई फोनमा पटक–पटक यौन सम्बन्धको प्रस्ताव राख्ने गरेको र उक्त प्रस्ताव अस्वीकार गर्दा घरमै आएर कुटपिट गरेको ती महिलाले बताउनु भएको छ । कुटपिटका कारण महिलाको शरीरको विभिन्न भागमा चोटपटक लागेको र कुटपिटबाट घाइते भएकी महिलाको गरुडा स्थित ग्राण्डी हस्पिटलमा उपचार भइरहेको जनाइएको छ । आफनो मोवाइलमा फोन नगर्न पटक पटक आग्रह गर्दा पनि यादवले फोन गरी विभिन्न किसिमको प्रलोभन दिएर आफुसँग अनैतिक सम्बन्ध राख्न दबाब दिएको पिडित महिलाले बताउनु भयो ।
फोन नगर्न आग्रह गर्दा आफ्नै घरमै आएर शुक्रवार साँझ सिकेन्द्र र उसका भाइ जितेन्द्र यादव दुई जना मिलेर कुटपिट गरेको महिलाको भनाई रहेको छ । कुटपिटपछि खातुनले न्याय माग्दै प्रहरीमा उजुरी दिनु भएको छ ।
घटनाको पुष्टि गर्दै आरोपितको खोजतलास तथा घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक डिएसपी श्रीराम भण्डारीले बताउनु भयो । पिडित महिलाको तिन सन्तान रहेको छ । अर्काको श्रीमतीमाथी गलत दृष्टिले हेर्ने र यौन प्रस्ताव राख्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइ कडा भन्दाकार्यवाही गर्नु पर्नेमा स्थानियले जोड दिएका छन ।

अघिल्लो सामग्रीघटनामा संलग्न प्रहरी निलम्बित पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई युवा पक्राउ
यसपछिको सामग्रीकोशीमा आएको बाढीले सप्तरीको गोबरगाढा जलमग्न