रौतहटको कटहरिया न.पामा सुरक्षित आवास भुक्तानी नपाएपछि स्थानीयहरु आक्रोशित
रौतहटको कटहरिया न.पामा सुरक्षित आवास भुक्तानी नपाएपछि स्थानीयहरु आक्रोशित

साउन १९ रौतहट
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको स्थानियहरु आक्रोशित बनेका छ न् । कटहरिया नगरपालिकाको वडा नम्बर ४ र ५ का सुरक्षित अवास योजनाको लाभग्राहीहरु आक्रोशित बनेका हुन् । उनीहरु आज सोमबार नगरपालिकाको कार्यालयमा पुगेर हंगामा गरेका छन् । उपमेयर मुर्दाबाद,लापारवाही चल्दैन् जस्ता नारा पनि लगाएका थिए । स्थानियहरुले उपप्रमुख नुरजहाँ खातुन र वडा नम्बर ५ का वडाध्यक्ष सर्फलाल गुप्ताले आफूहरुको रकम भुक्तानी दिन बाट रोक्नको लागि इन्जिनियर लाइ थर्काएको आरोप लगाएका थिए । सुरक्षित अवासको कर्मचारीहरु बाट नै यस्तो कुरा बाहिर आएपछि स्थानियहरु आक्रोसित बनेका हुन् । चेक प्राप्त गरेको १५ दिन बिति सक्दा पनि आफूहरुले भुक्तानी नपाएपछि आक्रोसित बनेका हुन् । केही व्यक्तीहरुले आफूहरुको नाम छुटेको भन्दै आक्रोश व्यक्त गरेका थिए । सघन शहरीले कटहरिया नगरपालिकामा छाना हटाउने अभियान अन्तर्गत यो योजना लागू गरेको हो । सुरक्षित आवास कार्यक्रम कटहरिया नगरपालिकाको वडा नम्बर ३,४,५ र ७ मा यस वर्ष लागू रहेको छ । सुरक्षित आवासको प्रत्येक लाभग्राहीले ५० हजार रकम पाउने छन् । यसै विषयलाइ लिएर उपमेयरको नुरजहाँ खातुनको श्रीमान् नसरुदिन अन्सारी र वडा नम्बर ५ का वडाध्यक्ष सर्फलाल गुप्ताले नगरपालिकामा ताल्चा लगाएको इप्रका कटहरियाका इन्चार्ज सइ विरेन्द्र यादवले जानकारी गराउनु भयो । ताल्चा लगाएपछि स्थानियहरु झन आक्रोशित बनेका थिए । केहीबेर झडप जस्तो स्थिती उत्पन्न भएको थियो । घटनाको खबर पाउने बितिकै इप्रका कटहरिया र सशस्त्र प्रहरी बेस कैम्प दुधियाभारको टोली त्यहाँ पुगेको थियो । आक्रोशित भएका स्थानियहरु लाइ साम्य पार्नको लागि दश दश जनाको टोली बनाएर छलफलका लागि बैठक बसेको थियो ।

बैठकमा नगरप्रमुख सियाराम कुश्वाहा बाहिर रहेकोले आएपछि मात्रै यस विषयमा छलफल गरिने निर्णय गरिएको थियो । बैठकमा बोल्दै कटहरिया नगर प्रवक्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहाले नगरप्रमुखको अनुपस्थितीमा जनप्रतिनिधीहरु बाट बारम्बार यस्तो हर्कत हुनु दुखद रहेको बताए । शहरी मन्त्रालय बाट कटहरिया नगरपालिकाको हरेक वडा चल्दै आएको योजना हो । छनौट भएको लाभग्राहीहरु कैटेगोरी अनुसार नै छनौट भएको बताए । केही गरिब जनताहरुको नाम छुटेको जुन अर्को लौटमा समावेश गर्न आफूहरुले प्रयास गरिरहेको जानकारी गराए । जनप्रतिनिधी बाट नगरपालिकामा ताल्चा लगाउनु गतल प्रक्रिया रहेको बताए । छनौट भएका लाभग्राहीहरुको रकम छिटै खातामा पठाउन मेयर साहेब र इन्जिनियर साहेब सँग आग्रह गरेको बताउँदै छिटै खातामा रकममा रकम जम्मा हुने आसवासन दिएका थिए । नगरपालिकामा उपमेयरका श्रीमान् नसरुदिन अन्सारी र वडाध्यक्ष सर्फलाल गुप्ता सँग सोध्दा कसैले पनि ताल्चा लगाएको स्विकार नगरेको प्रति आक्रोस व्यक्त गरेका थिए । यस विषयमा सुरक्षित आवासका इन्जिनियर संजय प्रसाद साहले छनौट भएका लाभग्राहीहरुको भुक्तानी रकम रोक्नको आफूलाइ जनप्रतिनिधीहरुले दबाब दिइरहेको खुलासा गरेका थिए । उनले आफू नगरपालिकाको कार्यालयमा आउँदा दुव्र्यवहार समेत गरेको बताएका थिए । क्राइटेरिया अनुसार नै लाभग्राहीहरु छनौट भएको भन्दै भुक्तानी रोक्न नमिल्ने उनले बताए ।

अघिल्लो सामग्रीधनुषामा डकैती ५० तोलाभन्दा बढी चाँदी र गहनाहरु लुटेर लगियो
यसपछिको सामग्रीरौतहटमा सात वटा स्थानीय तहको बजेट पारित भएन