भद्र,११
रौतहट जिल्लाको गुजरा नगरपालिका–२ कटानीका २७ वर्षीय निमा घिसिङको उपचारका लागि सहयोग गरिदिन परिवारले अपिल गरेको छन् । परिवारले ब्लड क्यान्सरबाट पीडित घिसिङलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएका हुन् ।
पीडितका दाजु वीरमान घिसिङका अनुसार ब्लड क्यान्सर पीडितको २ हप्ता देखि भरतपुर चितवनस्थित सेन्ट्रल हस्पिटलमा उपचार भइरहेको छ । त्यस्तै बुबा रत्न बहादुर घिसिङले छोराको उपचारमा धेरै रकम खर्च भइसकेको बताए । चिकित्सकको भनाइ अनुसार शरिरमा भएको रगत सबैे परिवर्तन गर्नु पर्ने भएपछि खर्च धेरै लाग्ने भएकोले आर्थिक समस्या भएको हो ।
अहिलेसम्म जेनतेन गरी नियमित उपचार गर्दै आएको घिसिङ परिवारलाई आर्थिक संकट आइलागेको छ । उनको परिवार सामान्य कृषि पेसा गर्दै आएको छ । घरको आर्थिक अवस्था कमजोर रहेको घिसिङ परिवारलाई धेरै खर्च हुने भए पछि सबैलाई सहयोगको लागि अपिल गरेका छन् ।
‘सहयोग गर्न चाहने सहयोगी मनहरुले सहयोग गरे निमाले पुर्नजीवन पाउँथे, त्यसैले सहयोगको अपिल गरेका हौं’, उनका दाइ विरमान घिसिङले भने । ब्लड क्यान्सर जस्ता घातक रोग लागेपछि सबै रगत परिवर्तन गर्नुपर्ने भएकोले उपचारका लागि आर्थिक अभाव भएपछि इच्छुक व्यक्ति तथा संघ संस्थाहरूलाई सहयोग गर्न आग्रह गरेको छ ।
सहयोग गर्न चाहनाले हरुको लागि बिरामीको दाइ विरमान घिसिङको मोबाइल नम्बर ९८२५२६०९४०, ९८२५२०२७५७ वा मोहन दोङ ९८४३७७१५५२ मा सम्पर्क गरेर बिस्तृत जानकारी लिन सक्नेछ ।
प्रदेश खवर रौतहटका ब्लड क्यान्सरबाट पीडित घिसिङ परिवारद्धारा सहयोगको अपिल