१७ श्रावण ,काठमाडौँ
साफ च्याम्पियनसिप र एसिया कपको अन्तिम छनोटको तयारीमा रहेको राष्ट्रिय टिमलाई १० दिनको बिदा दिइएको हो । बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई पारिवारीक समय दिनका लागि १० दिनको विश्राम दिएको हो । खेलाडीहरु अब अगस्ट १० मा पुनः प्रशिक्षणमा फर्कने भएका छन् ।
नेपाललाई मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीले प्रशिक्षण दिईरहेका छन् । उनले राष्ट्रिय टिममा ३६ खेलाडीलाई राखेर प्रशिक्षण गराईरहेका छन् । उनी पछिल्लो सयम विवादका कारण प्रशिक्षणमा फर्केका भने छैनन् ।
अलमुताइरीले वरिष्ठ उपाध्यक्षमाथि आरोप लगाउदै राजीनामा दिने घोषणा गरेपछि फुटबल विवाद उत्कर्षमा पुगेको थियो । घटनाको छानविनका लागि एन्फाले मन्त्रालयलाई आग्रह गरेको छ ।
छानविनको टुङगो नलागेसम्म प्रशिक्षणमा नदेखिने अलमुताइरीले बताएका थिए ।