१८ श्रावण, एजेन्सी

शक्ति हातमा लिएको ६ महिनापछि म्यानमारको सेनाले सन् २०२३ को अगष्टबाट आपत्तकालीन अवस्था हटाइने बताएको छ । म्यानमारले यसअघि एक वर्षसम्म मात्र आपत्तकाल जारी रहने बताए पनि उक्त समयसीमा लम्ब्याएको हो । टेलिभिजनमार्फत सम्बोधन गर्दै सेनाका प्रमुख मिन औङ हलियाङले बहुदलीय निर्वाचन गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
सेनाका प्रमुखको घोषणासँगै म्यानमारमा सेनाको शासन कम्तीमा साढे दुई वर्षसम्म रहने देखिएको छ । सेना प्रमुख हलियाङले आफ्नो सरकार आसियानको विशेष दूतसँग काम गर्न तयार रहेको बताएका छन् । उनले आसियान क्षेत्रसँग पनि सहकार्यका लागि आफूहरु तयार रहेको उनको भनाइ थियो । सोमबार आसियन क्षेत्रका विदेशमन्त्रीहरुको बैठक बस्दै छ । उक्त बैठकमा म्यानमारमा सेना र प्रदर्शनकारीबीचको हिंसा कम गर्न विशेष दूत छान्ने विषयमा छलफल हुनेछ । गत फेब्रुअरीमा सेनाले सत्ता आफ्नो हातमा लिएसँगै त्यसको विरोधमा देशभर प्रदर्शन भएको थियो । तर, सेनाले उक्त प्रदर्शनको दमन गर्दै आफ्नो सत्ता कायम राखेको छ । सेनाविरुद्धको आन्दोलनको क्रममा करिब एक हजार जनाको मृत्यु भएको थियो ।

अघिल्लो सामग्रीमोही बेपत्ता गर्दै गौर मालपोत
यसपछिको सामग्रीराष्ट्रिय फुटबल टिमलाई १० दिनको बिदा