रौतहट,१५ भाद्र
लागु औषध राखेर पत्रकारलाई रौतहट प्रहरीले फसाएको घटनालाई यथार्थ छानविन गर्न प्रहरी प्रधान कार्यालयद्धारा गठन गरिएको आन्तरिक रुपमा उच्च स्तरिय छानविन टोली अनुसन्धान प्रक्रिया पुरा गरेर काठमाडौं फर्किएका छन् ।
प्रहरीले नै लागु औषध राखेर पत्रकारलाई फसाएको सिसिटिभीको फुटेजबाट प्रहरीको कार्यशैली बारिएपछि रौतहट प्रहरी माथि ठूलो कलंक लागेपपिछ प्रहरी प्रधान कार्यालय नक्सालबाट आन्तरिक रुपमा छानविन गर्न उच्च स्तरिय छानविन समिति गठन गरेर अनुसन्धान कार्य गत बुधवार देखि सुरु गरेर आईतवार विहान काठमाडौ फर्किएको प्रहरी श्रोतबाट बुझिएका हुन् ।
गत साउन ३२ गते रौतहट प्रहरीले योजनाबद्ध तरिकाबाट सदरमुकाम गौर नपा १ स्थित ग्रिन सिग्नल होटेलमा खाजा खाएर घर फक्रिने क्रममा स्थानीय पत्रकार मोहम्मद मजिउल्लाह र उनका सहयोग शेख अतिउल्लाहको मोटरसाइकलमा १०५ थान नाइट्रोभेट लागुऔषध राखेर प्रहरीले नियन्त्रणमा लिएको थियो ।
केही समय अगाडी सम्म दक्षिण एसियामै अपराध अनुसन्धानको सवालमा अब्बल मानिएको नेपाल प्रहरी माथि ठूलो आरोप लागेपछि प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंबाट एसएसपी कृष्ण महतको नेतृत्वमा उजुरी छानविन, सिआईवी, कानुन शाखा सहित चार सदस्यीय उच्चस्तरीय छानविन टोली गठन गरेका थिए । मंगलवार गठन भएका उक्त छानविन समितिले बुधवार देखि नै रौतहटको सदरमुकाम गौरमा आई अनुसन्धान कार्य सुरु गरेर आईतवार काठमाडौं फर्किएको श्रोतले जनाएको छ ।
छानविन टोलीले गौर नपा १ को घटनास्थल, ग्रिण सिग्नल होटलको संचालक, मोटरसाइकल वर्कसप, हिरासतमा रहेका प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव, प्रहरी जवान मनोज साह, लागु औषध राख्न सघाउने धिरज यादव र जितेश यादव, पिडित पत्रकार मोजिवुल्लाह सहित उक्त कार्यमा संलग्न आशंकित विभिन्न व्यक्तिहरु संग सोधपुछ गरेर फर्केका छन् ।
प्रहरी संग योजना बनाएर लागु औषध राख्न लगाएका मुख्य योजनाकार रहेका नेपाल पत्रकार महासंघ रौतहट शाखाको निलम्बीत सह सचिव संजय सहनी अहिले फरार छन् । उनले आफना फेसबुक वालमा प्रहरी नै दोसि रहेको आफु निर्दोष रहेको समाजिक संजालमा खुलेआम लेखेर चुनौति दिइरहेका छन् तर पनि फरार सहनीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन् ।
यता प्रहरीले छानविन समितिको सम्पर्कमा नआएको तथा हाल फरारको बताइएको छ । छानविन समितिले जिम्मेवारीबाट हटाइएका प्रहरी उपरिक्षक सिद्धिविक्रम शाह संग काठमाडौंमै सोधपुछ गरिसकेको छ । छानविन समितिले सवै प्रतिबेदन तयार पारेर प्रहरी महानिरीक्षक समक्ष चाडै पेश गरिने श्रोतले दाबी गरेको छ ।
नेपाल पत्रकार महासंघ रौतहटले उक्त सिसिटिभी फुटेज भदौं ६ गते सार्वजनिक गर्दै प्रहरीको काम कारवाही प्रति लक्ष्ति गर्दै समाचार सम्प्रेशन गरेर मोजिबुल्लाहलाई छुटाउने दवाव पनि दिइयो अन्तत :७ गते उनलाई छोडिएपछि संजय सहनी र प्रहरी उपरिक्षक शाह विच कुरा भएको अडियो रेकर्ड बाहिरीदा प्रहरी प्रधान कार्यालयबाट आन्तरिक छानविन समिति गठन गरी दुधको दुध पानीको पानी छुट्याउने कार्य सुरु भए प्रदेश २ प्रमुख मुख्यालय जनकपुरधाम श्रोतले बताए ।घटनको विषयमा नेपाल पत्रकार महासंघको केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको नेतृत्वमा मसिन टोली र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ को टोलीले समेत छानविन गरेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलि शनिवार रौतहट आएर घटनालाई गम्भिरताका साथ लिदै दोषिलाई हदै सम्मको कार्यवाही माग गरेका छन् । महासंघका अध्यक्ष पोखरेलले पिडित पत्रकार मोहम्द मजिबुल्ला संग भेटघाट गरेका छन ।

अघिल्लो सामग्रीगगनले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा, अरु को-को छन् दावेदार ?
यसपछिको सामग्रीडोमजातीका बिधार्थीलाई जेसिजको सहयोग