माधव समूहको केन्द्रीय कमिटी बैठक क्वालिटी ब्यांक्वेटमा बस्दै
माधव समूहको केन्द्रीय कमिटी बैठक क्वालिटी ब्यांक्वेटमा बस्दै

२१ साउन, काठमाडौं
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । अहिले बिहान एघार बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाइएको छ ।

बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । संसद् पुनर्स्पापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक यो समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा बुझ्न बैठक बोलाइएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए । ‘राजनीतिक घटनाक्रमबारे समीक्षा र सुझाव लिन बैठक बोलाइएको हो’, उनले भने ।

अध्यक्ष केपी शर्मा ओलीले भने आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखिसकेका छन् । ओलीले माधव समूहले बोलाएको केन्द्रीय कमिटी बैठकप्रति भने आपत्ति जनाएका छन् ।केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले वक्तव्य जारी गरी आजको बैठक अनधिकृत भएको जनाएका छन् ।अनलाइनखबरबाट

अघिल्लो सामग्रीचट्याङ लागेर बंगलादेशमा १६ जनाको मृत्यु
यसपछिको सामग्रीस्वर्गिय तिमल्सिना को पार्थिक शरीर रौतहट ल्याइदै,शव यात्राको तयारी