रौतहट ९ भदौ नेकपा माओवादी केन्द्रका नेता युवराज भट्टराइ समिरले सो पार्टीको रौतहट जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन ।
केन्द्रिय कमिटीको बैठकले उनलाइ जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।
यस अघि एमाले र माओवादी एकभइ बनेको नेकपाका पनि उनी जिल्ला इन्चार्ज थिए । भट्टराई माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन ।
बिधार्थीकाल देखी नै माओवादी पार्टीको बिभिन्न जिम्मेवारीमा रहेर काम गरेका नेता समिरलाइ युवापुस्ताले जिल्लामा आशा गरेको नेताका रुपमा लिने गर्दछन ।उनी गत स्थानिय निर्वाचनमा चन्द्रपुर नपाको मेयर पदमा माओवादी केन्द्र बाट चुनावमा उठेका थिए ।उनी रौतहटको बिकास तथा सामाजीक कार्यमा पनि सकृय रहदै आएका छन ।

अघिल्लो सामग्री::सशस्त्र युद्धको बिचमा हामी::
यसपछिको सामग्रीरौतहटका ब्लड क्यान्सरबाट पीडित घिसिङ परिवारद्धारा सहयोगको अपिल