चन्द्रपुर,३० श्रावण
रौतहट क्षेत्र न ४ का संघिय सांसद मा. देव प्रसाद तिमल्सिनाको धर्म पत्नि रेणु तिमल्सिनाको निधन भएको आज दस दिन पुरा भएको छ । स्वर्गिय तिमल्सिना प्रति श्रद्धाञ्जली प्रकट गर्न र १३ दिने क्रियामा बसेका माननीय देव प्रसाद तिमल्सिना ज्यु र छोरीहरुःतृष्णा ,तृप्ती , आस्था एवम् सम्पूर्ण तिमल्सिना परिवारजनमा गहिरो समबेदना दिन नेपाली काङ्ग्रेसका महामन्त्री माननीय डा.शशांक कोइराला सहित को टोली आज चन्द्रपुर ९ स्थित चेतनगरमा रहेको घरमा पुगेका छन् ।

महामन्त्री कोइराला संगै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिचाइ मन्त्री दिपक गिरि,पूर्व कृषि राज्य मन्त्री सरिता प्रसाईं , केन्द्रिय सदस्य बद्री पाण्डे ,माननीय प्रकाश रसाइली र नेबि सघ महामन्त्री उर्मिला थपलिया लगाएतका टोली पुगेका थिए । यस्तै ४९ वर्ष को उमेरमा निधन भएकी स्व ः तिमल्सिना प्रति बिभिन्न संघ सस्था,राजनितिक दल,पार्टिका भातृ संगठन,बिध्यार्थी र शुभ चिन्तकहरुले श्रद्धाञ्जली तथा समबेदना अर्पण गरेका छन । स्वर्गिय तिमल्सिनाको यहि मिति २०७८ भाद्र १ गते १३ दिने कार्य रहेको हुदा सम्पुर्ण शुभ चिन्तकहरुलाई सादर निमन्त्रणा समेत गरीएको छ ।

अघिल्लो सामग्रीरौतहटसंगै देशभर आज नाग पञ्चमी मनाइंदै
यसपछिको सामग्रीन्यू झरना बिध्यालयमा बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न