२४ साउन , रौतहट
ब्राजिलले ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । स्पेनलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै ब्राजिलले पदक जित्न सफल भएको हो ।खेलको १०८ मिनेटमा माल्कमले निर्णायक गोल गर्दै ब्राजिललाई जीत दिलाए । यसअघि पहिलो हाफमा माथियस कुन्हाले ब्राजिललाई अग्रता दिलाए पनि दोस्रो हाफमा मिकेल ओर्जाबालले गोल गर्दै खेल बराबरी गरेका थिए ।
ब्राजिल लगातार तेस्रो फुटबलमा पदकका लागि भिडेको हो । पाँच वर्षअघि नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई स्वर्ण दिएका थिए । घरेलु मैदानमा ब्राजिलले जर्मनीलाई हराएको थियो । सन् २०१२ को लण्डन ओलम्पिकमा ब्राजिलले रजत पदक जितेको थियो ।