सर्मिला नेपाल
रौतहट २५, साउन
चन्द्रपुर १ नुनथर जाने बाटोको नहरमा सोमवार बिहान बलेरो पिकअप गाडी अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा परि एक तिर्थालु महिलाको मृत्यु भएको छ भने एकजना बेपता भएका छन् । मृत्यु हुनेमा जिल्ला बारा गढिमाई न.पा. वस्ने अन्दाजी वर्ष ४५ कि मिना देवी कोईरी रहेकि छन ।हराइरहेका महिला को खोजी भईरहेको र कसैले देखेमा खवर गरीदिन प्रहरीले अनुरोध गरेको छ । बारा जिल्लाबाट बोलबम आएर बाग्मती खोलाबाट जल बोकी फर्कने क्रममा ना ५ च ३१६६ नं. बलोरो पिकअप नुनथर जाने बाटोको नहरमा अनियन्त्रित भई अन्दाजी ५० मिटर तल पल्टिएको हो । प्रहरीले १८ जना नहर बाट उद्धार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए। सो गाडीमा सवार ५ जना घाईते भई चन्द्रपुर मा उपचारका लागि पठाइएको प्रहरी नायव उपरीक्षक लामिछानेले बताए ।

अघिल्लो सामग्री“फूलको संसार”
यसपछिको सामग्रीहरियो तरकारीमा विषादीको प्रयोग बढ्दो