बारा २६ साउन //प्रतीक प्रकाशन समूह प्रालिले प्रदान गर्दै आएको सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार यस वर्ष बाराका  फोटो पत्रकार दिवाकर भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतीक प्रकाशन समुह प्रा लिकी अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा साउन २५ गते बसेको बैठकले यस वर्ष ३५ हजार राशिको सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार फोटोपत्रकार भण्डारीलाई दिने निर्णय गरेको हो ।
२०६५ सालमा  १० हजार राशिबाट यो पुरस्कार शुरू गरिएको थियो । भदौ १ गते प्रतीक दैनिकको ३५औं वार्षिकोत्सवमा  पुरस्कार प्रदान गरिनेछ ।
दिवाकर भण्डारी ले समाजमा रहेको बिकृती,बिसङती बिरुद कलम चलाउदै आएका छन । भण्डारी अन्नपूर्ण पोष्ट र एप वान टेलिभिजन का बारा प्रतिनिधि हुन।

अघिल्लो सामग्रीचन्द्रपुरमा सुरक्षित आप्रवासन परियोजनाको समिक्षा बैठक सम्पन्न
यसपछिको सामग्रीट्राफिक नियमको धज्जी उडउँदै जनप्रतिनिधि