-बसन्त आचार्य फूल फुल्दा साथ दिन्छ काँढा बनी साथी !
बास्ना पश्की फूल फुल्छ सधै काँढा माथी !!
काँढादेखि फूललाई छैन कुनै रिस !
फूलको बोटमा काँढा बन्नु हैन उसको दोष !!
फूल टिप्दा काँढा छुन हुन्न कसलाई डर !
फूल सगै काँढा कोनि फूलमै हुन्छ घर !!
फूल झर्दा काँढालाई थेग्न लाग्छ कर !
काँढालाई साथी सम्झी फूललाई पुग्छ भर !!
फूल फुल्दा काँढा लुक्छ फूललाई दुख्ला भनी !
फूलको तारिफ आफ्नै ठानी बस्छ खुसिमानी !!
फूलै संसार फूलै भगवान् सम्झी काँढा साथी !
फूलकै कारण काँढा सधै बन्छ भाग्यमानि!!!

अघिल्लो सामग्रीवीरगञ्जमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण हुर्दै
यसपछिको सामग्रीबोलबम हिडेको पिकअप गाडी नुनथरमा दुर्घटना ; एकको मृत्यु, एक बेपत्ता