२० साउन,जनकपुरधाम
प्रदेश हरित अभियानको शुभारम्भ सगै प्रदेश २ मा साढे १४ लाख विरुवा रोपिने घोषणा भएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान २०७८को केहिदिन अघि शुभारम्भ गरेका छन ।
डिभिजन वन कार्यालय धनुषाको आयोजनामा मिथिला नगरपालिका वडा नं ४ बाट मुख्यमन्त्री राउतले बर पिपलको रुख रोप्दै अभियानको शुभारम्भ गरेका छन ।
मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरे लगतै प्रदेशको आठ वटै जिल्लामा एक साथ वृक्षारोपणको शुरुवात भएको छ। आठ वटै जिल्लाको कुल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ विरुवा रोप्ने कार्यक्रम रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा राम चन्द्र कडेलले जानकारी दिएका छन ।
पर्यटन प्रदेश २ मा आठ वटै जिल्लामा गरी कुल ११ सय ३५ हेक्टर...