रौतहट,२७ श्रावण
चर्चित पुजारी हत्या काण्डका मुख्य योजनाकार मानिने एक जना धरौटिमा रिहा भएका छन् । गत भदौ ३ गते मधाव नारायण नगरपालिका(२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको हत्याका मुख्य योजनाकार भनिएका देवाही गोनाही नगरपालिका(१ का वडाध्यक्ष समेत रहेका शेख नरुल्लाह २ लाख धरौटीमा बाहिर बसेर पुर्पक्षको लागि जिल्ला अदालत गौरले आदेश गरेको छ ।
हत्याका आरोपी नरुल्लाह लाई जिल्ला अदालत गौरले हाजीर भएकै दिन बयान लिएर पुर्पक्षको लागि २ लाख धरौटी लिएर छाड्न आदेश गरेको छ । अदालतले वादी प्रतिवादी दुवैको कोरोना परिक्षण रिर्पाट माग्ने गर्दछ । म्याद थपका प्रतिवादीको समेत कोरोना परिक्षण प्रतिवेदन माग्ने जिल्ला अदालत गौरले कोरोना परिक्षण बिनानै फरार रहेका नरुल्लाहलाई धरौटी लिएर छाडन आदेश गरेको छ ।उनि घटना भए लगतै देखी फरार रहेका थिय । हत्या आरोपी जिल्ला अदालत गौरमा उपस्थित हुँदा प्रहरी लाई समेत जानकारी नगराईकनै आदेश भएको खुल्न आएको छ । पुजारी श्रीराम साहको हत्याकाण्डमा प्रहरीले सात जना आरोपी लाई प्रतिबादी बनाएको छ । प्रतिवादी मध्य मुख्य योजनाकार मनिएका वडाध्यक्ष शेख नरुल्लाह भने जिल्ला अदालत गौरमा सुटुक्क हाजिर भए । हाजीर भएकै दिन न्यायधिश श्यामबिहारी मौर्यको ईजलासले धरौटी रकममा छाडने आदेश दिएको हो ।
उनै न्यायधीश श्याम बिहारी मौर्यको ईजलासले २०७७ कार्तिक १९ गते सोही घटनाका आरोपी देवाही गोनाही नगरपालीका १ करुनियाका ३६ बर्षिय राम नरेश राउत पटेल र २८ बर्षिय बालकुमार पटेल लाई गते तत्कालका प्रमाणहरुबाट प्रतिबादीहरु कसुरदार होईनन् भन्न सक्ने अवस्था नरहेकोले पछि प्रमाण बुझदै जादा ठहरे बमोजीम हुने गरि हाल रामनरेश पटेल र बालकुमार पटेललाई मुलुकी फौजदारी कार्यबिधि २०७४ को दफा ६७९१० बमोजिम पूर्पक्षको लागी थुनामा राख्ने आदेश गर्नुभएको थियो । पुर्पक्षका लागी कारागार चलान भएका पटेल द्वयले प्रहरी समक्ष शेख नुरुल्लाहकै योजना अनुसार बन्दुक र गोली मगाएर हत्या गरेको बयान दिएका थिए । उनीसहित मस्ताज देवान, रामप्रवेश राउतकुर्मी, मोहम्मद कासिम र राजेन्द्रराउत कुर्मीको समेत संलग्ता भन्दै प्रहरीले प्रतिबादी बनाएको थियो । हत्याकाण्डमा संलग्न चार जना प्रतिबादी अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीको अनुसन्धान पछि जिल्ला न्यायधिवक्ताको कार्यालयले पूजारी साहको हत्या आरोपी सातैजना माथि कर्तव्य ज्यान र संगठित अपराधमा सजाय माग दाबी सहित जिल्ला अदालत गौरमा मुद्धा पेश गरेको थियो ।जिल्ला न्यायधिवक्ता शुभाषकुमार भट्टराईले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा ७३ नम्बरमा जाने बताउनु भयो । अदालतमा हाजिर भएका शेष नरुल्लाहले हत्यमा संलग्नता नरहेको भनेर ईन्कारी बयान दिएपछि धरौटीमा रिहा भएको अदालतका तसलिदार निधिराम दाहालले बताउनु भयो ।

अघिल्लो सामग्रीकाठ तसकरी सहित दस क्युबफिट सालको काठ बरामद
यसपछिको सामग्रीखेलाडी बैरागीको हत्या गर्ने अभियुक्त १० वर्ष पछि पक्राउ