भाद्र ११

मकवानपुर / हेटौंडाबाट काठमाडौं जोड्ने छोटो मार्ग पहिरोले अवरुद्ध बनेको छ । भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत देउराली नजिकै पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबारदेखिको अविरल वर्षापछि लेदो माटोसहितको पहिरो खस्दा भैंसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण कुलेखानी–भीमफेदी हुँदै हेटौंडातर्फ आउने र हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने सवारीसाधन रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले पहिरो पन्छाएर यातयात खुलाउने तयारी भइरहेको बताए ।
यसै मार्गअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२, सिमखोलामा पनि पहिरो गएको छ । त्यहाँको पहिरो पन्छाउने काम भइरहेको प्रवक्ता रिमालले बताए । ‘वर्षा रोकिएसँगै पहिरो पन्छाइनेछ,’ उनले भने । यो मार्ग भएर साना सवारीसाधन हेटौंडा–काठमाडौं आउजाउ गर्छन् ।

अघिल्लो सामग्रीएक बर्षमा पेट्रोलियम पदार्थको मूल्य ६९/५ प्रतिशत र सुनको मूल्य १/१ प्रतिशतले बढ्यो
यसपछिको सामग्रीगैडाटार-चन्द्रनिगाहपुरमा सवारी आवतजावत ठप्प