रौतहट,०५ भाद
लागूऔषध नाइट्रोभेटसहित पक्राउ परेका रौतहटका सञ्चारकर्मी मोहम्मद मोज्बुल्लाहलाई तत्काल रिहा गर्न नेपाल पत्रकार महासंघ रौतहट शाखाले माग गरेको छ । पत्रकार मोज्बुल्लाहलाई प्रहरीकै उच्च अधिकारीको निर्देशनमा सादा पोशाकका घुमुवा प्रहरीले फसाएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले तत्काल रिहाई तथा दोषीलाई कार्यवाहीको माग गरेको हो ।
केही घुमुवा तथा अन्य ब्यक्तिहरुले पत्रकार मोज्बुल्लाहले प्रयोग गर्ने मोटरसाइकलमा लागू औषध नाइट्रोभेट राख्दै गरेको सिसिटिभी फुटेज सार्वजनिक भएपछी पत्रकार मोजबुल्लाह निर्दोष रहेको प्रमाणित भएको महासंघले दावी गरेको छ । सार्वजनिक भएको भिडियो फुटेजमा गौरमा रहेको ग्रिन सिग्नल होटेल अगाडि सडक पेटिमा रोकी राखिएको मोटरसाइकलमा केही व्यक्तीहरुले केही समानहरु झुण्डाइरहेको देखिएको छ । भिडियो फुटेजमा सादा पोशाकका केही घुमुवा प्रहरीहरु उदय यादव र मनोज साहको पहिचान खुलेको हो । उनिहरुसै रहेका अन्य घुमुवा प्रहरीहरुको पहिचान हुन सकेको छैन । बेलुकाको करिब ७ बजेको समयमा ती सादा पोशाकका घुमुवा प्रहरीहरुसै दुई जना युवकहरु नाटकीय शैलीमा केही समानहरु पत्रकार मोजबुल्लहको मोटरसाईकलमा झुण्डाइरहेको देखिन्छ ।
सेतो हेल्मेट लगाई स्प्लेण्डर प्लस मोटरसाइकलमा आएका ती दुई जना युवाहरुले समान झुण्डाउनु भन्दा अगाडि र झुण्डाइ सकेपछी त्यही रहेका घुमुवा प्रहरीस कुराकानी गरिरहेको देखिएको छ । पत्रकार मोज्बुल्लाहलाई सो होटलका सञ्चालकले नै खानपिन गर्न बोलाएका थिए । पत्रकार मोजबुल्लाहलाई श्रावन ३२ गतेका दिन बेलुकी करिब ८ बजे प्रहरीले लागूऔषध नाइट्रोभेटसहित अदालत अगाडीबाट पक्राउ गरेको थियो । उनी पक्राउ परेसै स्थानीयले पत्रकारलाई फसाएको भन्दै आएका थिए । भिडियो फुटेज सार्वजनिक भएपछी घटनामा प्रहरीको भुमिका प्रष्ट भएको छ । भिडियो सार्वजनिक भएपछी प्रहरीले भिडियोमा देखिएको भनिएका धिरज यादव र जितेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । धिरजलाई शुक्रवार बेलुका गौरबाट पक्राउ गरिएको हो भने जितेशलाई शनिवार बिहानै सर्लाहीस्थित उनको घरबाट पक्राउ गरिएको हो ।
यता नेपाल पत्रकार महासंघ रौतहट शाखाले पक्राउ परेका पत्रकार मोज्बुल्लाह निर्दोष रहेको दावी गर्दै तत्काल रिहा नगरिए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ । महासंघका अध्यक्ष प्रेमचन्द्र झाले घटनाबाट नेपाल प्रहरीको साखमा गम्भीर धक्का पुगेको भन्दै प्रहरीको व्यवसायिकतालाई जोगाउन समेत घटनालाई गम्भिरतापुर्वक लिन आग्रह गरे । अध्यक्ष झाले भिडियोबाट घटना स्पष्ट भएको बताउ“दै अब अनुसन्धानको नाउमा जालझेल गर्न नहुने बताएका छन् ।
उपचारमा आर्थिक अभाव भएको भन्दै उनको बुवा ललित किशोर धामीले सवै संग सहयोगको अपेक्षा गरेका छन ।

अघिल्लो सामग्रीसाझावाणी दैनिक भद्र ०६ गते
यसपछिको सामग्रीभविष्य खोज्दै एसिड पिडित