रौतहट,०७ भाद
लागुऔषध मुद्दामा फिल्मी शैलीमा फसाइएका रौतहटका पत्रकार मो. मोजिबुल्ला को घटना बुझ्न मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी रौतहट आएका छन ।
घटना को शुरुआत देखिनै घटना बारे चासो राख्दै आएका अन्सारी पीडित परिवारको आग्रहमा जिल्ला प्रहरी कार्यालय रौतहट पुगि डिएसपी नारायण प्रसाद चिमोरिया लाई भेटेर घटना बारे यथार्थ जानकारी लिएका छन ।अध्यक्ष अन्सारीले थुनामा रहेका पत्रकार मो. मोजिबुल्ला लाई भेटेका छन ।
संचारकर्मी संग कुरा गर्दै अध्यक्ष अन्सारीले घटना एकदमै दुःखद रहेको तथा निर्दोष लाई न्याय दिलाउन नेपाल पत्रकार महासंघ रौतहटले खेलेको भुमिका सहरानिय रहेको बताए ।
सत्य हैरान हुन सक्छ हार्न सक्दैन भन्दै प्रहरी आफ्नो तरिकाले अनुसन्धान गरि रहेकोले निर्दोषलाई न्याय र दोषीलाई सजाय पाउने मा आफू विश्वस्त रहेको समेत उनको भनाइ छ ।

अघिल्लो सामग्रीकांग्रेसको भोट बैंक नभई ब्लड बैंक हो : बस्नेत
यसपछिको सामग्रीसाझावाणी दैनिक दैनिक भाद्र ०८