शिक्षा क्षेत्रमा लगानी गर्नु पर्छ ःप्रदेश सांसद ठोकर
रौतहट,३० श्रावण
चन्द्रपुर नगरपालिका ८ मा रहेको न्यू झरना सेकेन्डरी बोर्डि· स्कुलले एस.ई.ई दिएका बिध्यार्थीहरुलाई बिदाई तथा सम्मान कार्यक्रम गरेको छ । शुक्रबार आफ्नै बिध्यालयमा प्रदेश २ का सांसद मा. धनलाल ठोकरको प्रमुख आतिथ्यमा र चन्द्रपुर नगरपालिकाको शिक्षा संयोजक दिपेन्द्र मण्डलको बिशिष्ट आतिथ्यमा एक कार्यक्रम गरी एस.ई.ई मा उतिर्ण भएका बिध्यार्थीहरुलाई बिदाई तथा सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद ठोकरले शिक्षा क्षेत्रमा लगानी गर्नु पर्ने बताएका छन् । ठोकरले हालसालै एमबीबीएसको प्रवेश परिक्षामा रौतहटको चेली आयुष्मा काफ्ले छात्रा तर्फ पहिलो हुन सफल हुनुले बिध्यार्थी छात्र÷छात्रा का लागी प्रेरणा मिल्ने बताए । दस कक्षा सम्म रौतहटमै पढ्ने वातावरण भए पनि उच्च शिक्षाको लागी बहिर जानु पर्ने बाध्यात्मक अवस्थालाई कोट्याउदै ठोकरले बिस्तारै उच्च शिक्षाको हासील गर्न रौतहटमै सहज वातावरण बनाउने बताए ।
सासद ठोकरले बिध्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै आगामी भविष्यको लागी शुभकामना समेत दिए ।


यस्तै कार्यक्रममा बोल्दै बिशिष्ट आतिथी चन्द्रपुर नगरपालिकाका शिक्षा संयोजक दिपेन्द्र मण्डलले शिक्षा क्षेत्र उकास्न चन्द्रपुर नगरपालिकाले बिशेष योजना बनाएको बताए । शिक्षामा रौतहट अझै पनि पछि रहेको छ,संस्थागत र सामुदायी बिध्यालय सवै मिलेर अघि बढे शिक्षा क्षेत्रमा परीर्वतन ल्याउन सक्ने संयोजक मण्डलले बताए ।
बिदाई कार्यक्रममा कक्षा ८,९ र १० अध्यनरत बिध्यार्थीहरुले आ-आफ्नो प्रस्तुति प्रर्दशन गरेका थिए । बिध्यार्थीहरुले आफैले कलात्मक रुपमा ब्याज बनाएर बितरण गरेको थिए । न्यू भरना बोर्डि·ले यो चौधौ ब्याचको बिधाई गरेको हो । चन्द्रपुर ८ सन्तपुरमा रहेको उत्त बिध्यालयले हजारौ संख्यमा बिध्यार्थी उतपादन गरीसकेको छ । न्यू झरनामा पढेका बिध्यार्थी हरु कोही सरकारी सेवामा रहेका छन भने कोही देश बिदेशमा रहेर सेवा दिईरहेको सोहि बिध्यालयका प्रध्यापक रिसिकेश चिमोरीयाले बताए ।

उत्त कार्यक्रममा बिध्यार्थी,अभिभावक ,शिक्षक र शिक्षिकाहरुलाई पनि सम्मान गरेको थियो । बिदाई तथा सम्मान कार्यक्रमको संचालन कक्षा दसमा अध्यनरत प्रतिक खरेल र निशा बि.क ले गरेका थिए ।

अघिल्लो सामग्रीमहामन्त्री डा.शशांक कोइराला समवेदना प्रकट गर्न तिमल्सिनाको घरमा
यसपछिको सामग्री“स्पेशल कमाण्डो अन मिशन” को टेलर सार्बजनिक-भिडियो सहित