भद्र,११
काठमाडौँ / नेपाल बैंक लिमिटेडको सञ्चालकमा सुमनराज अर्याल चयन भएका छन् । अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भई आएका अर्याललाई बैंकको आज बिहीबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो ।
सञ्चालक समितिका नवनियुक्त अध्यक्ष अर्यालले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट आज बिहीबार नै पद तथा गोपनीयताको सथप ग्रहण गरिसकेका छन् ।
शपथ ग्रहण कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले नवनियुक्त अध्यक्ष अर्याललाई बधाई तथा शुभकामना व्यक्त गरे । साथै उनले अर्यालको आगमनले बैंकको सञ्चालक समितिले थप उचाई लिने र एउटा सफल प्रतिस्पर्धी बैंकको रुपमा आफूलाई उभ्याउन सफल हुने विश्वास समेत व्यक्त गरे ।
साथै, नेपाल सरकारले देशमा उद्यमशीलताको विकास र रोजगारी सिर्जनाका लागि तर्जुमा गरेका नीति तथा कार्यक्रमको कार्यान्वयनमा समेत नेपाल बैंकको विशेष योगदान रहने विश्वास आफूमा रहेको उनले बताए ।
उक्त कार्यक्रममा आफ्नो विचार राख्दै नवनियुक्त अध्यक्ष अर्यालले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरे ।
शपथ ग्रहण कार्यक्रमका लागि नेपाल राष्ट्र बैंकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै उनले आफ्नो कार्यकालमा बैंकको श्रीवृद्धि तथा व्यवसायिक विकासमा आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय निलम शर्मा ढुंगाना र बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका सदस्यहरु दीपेन्द्र विक्रम थापा, सुमन दाहाल, डा।सावित्री रञ्जित श्रेष्ठ, विवेक शम्शेर ज।ब।रा।, विष्णु कुमार अग्रवाल र ओम कृष्ण श्रेष्ठको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त जानकारी गराएका थिए । सााथै, उक्त कार्यक्रममा बैंकका का।मु।नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तको समेतको उपस्थिति रहेको थियो ।

अघिल्लो सामग्रीकाबुल विस्फोटमा मृत्यु हुनेको संख्या ११० पुग्यो, रोकिएको उद्दार कार्य पुनः सुचारु
यसपछिको सामग्रीएक बर्षमा पेट्रोलियम पदार्थको मूल्य ६९/५ प्रतिशत र सुनको मूल्य १/१ प्रतिशतले बढ्यो