२३ श्रावण निजगढ/ नवराज चौलागाईं
निजगढ नगरपालिकाको वडा नम्बर १० स्थित लाल खोलामा झोलुङ्गे पुल संचालनमा आएकोछ । पुलको शनिबार निजगढका मेयर सुरेश कुमार खनालले उद्घाटन गर्नुभएसंगै संचालनमा आएकोहो । निजगढ नगरपालिका,ट्रायल ब्रीज सपोर्ट युनिट हेल्भेटास र आदर्श जनसेवा युवा क्लव बिरगंजको सहयोगमा झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएकोहो । झोलुङ्गे पुल संचालनमा आएसंगै विशेषगरी स्थानीय ५ हजार भन्दा नागरीकहरु लाभान्वित हुने मेयर सुरेश कुमार खनालले बताउनुभयो । पुल नहुदा वर्षाको समयमा खोलामा आउने बाढीको कारण वडा नम्बर १० लालका स्थानीयहरूलाई गाउबाट अन्यत्र आवतजावत गर्न असहज हुदै आएको परीस्थीतीलाई मध्यनजर गर्दै उक्त पुल निर्माणको अवधारणा अघी सारेको मेयर खनालले बताउनुभयो ।
खनालले नगरपालिका भित्र रहेका अन्य नदी तथा खोलाहरुमा पनि पुलको आवश्यकता रहेकोले प्राथमिकताको आधारमा पक्की पुल र झोलुङ्गे पुल निर्माण गर्ने सोच लिएको बताउनुभयो । निजगढमा निर्माण भएका झोलुङ्गे पुलहरुले निजगढको पर्यटकीय क्षेत्रलाई समेत सहयोग गर्ने खनालले बताउनुभयो । १ करोड १६ लाख रुपैंया लागतमा निर्मित झोलुङ्गे पुलको लम्बाई १ सय १९ मिटर रहेको लाल खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समीतीका अध्यक्ष हिरा बहादुर मोक्तानले बताउनुभयो । ५ फिट चौडाई रहेको उक्त झोलुङ्गे पुलमा साना यात्रुवाहक सवारीसाधन अटो समेत आवतजावत गर्न मिल्ने पुल निर्माण समितीका अध्यक्ष मोक्तानले बताउनुभयो ।
साना सवारी साधन समेत संचालन गर्न सकीने गरी निर्मित उक्त झोलुङ्गे पुल बारा जिल्ला कै पहिलो झोलुङ्गे पुल हो । स्थानीय सरकार संचालनमा आएसंगै निजगढमा ३ वटा झोलुङ्गे पुल संचालनमा आईसकेकोछ । यसअघि वडा नम्बर ४ को गणेशमान सिङ स्मृति पार्कको बकैया नदी,भरतगंज सिंगौलको धन्सार नदीमा झोलुङ्गे पुल संचालनमा आईसकेकोछ । तेसैगरी भरतगंज सिंगौलको बगर खोलामा झोलुङ्गे पुल निर्माण कार्य जारी छ ।
आवरण निजगढको लाल खोलामा झोलुङ्गे पुल संचालन